Logo

हिलोमा जिप गाडिए मलाई गाली गर्छन्: नेम्वाङ



इलाम, १२ असोज । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले जनयुद्धका बेला गाउँ नआउ भन्ने जनताहरू अहिले हिलाम्मे बाटोको तस्बिर सेयर गर्दा अचम्म लागेको टिप्पणी गरेको छन् ।

इलाम एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूप्र तिनिधिसभाको लागि २०५६ सालमा निर्वाचन लड्दा इलामको कर्णाली भनिएको २ नम्बर क्षेत्रले विकासमा गति लिएको जिकिर गरेका हुन् ।

‘५६ सालमा निर्वाचन लडिरहँदा इलामको कर्णाली भनिने २ नम्बर क्षेत्रमा एउटा बिजुलीको बल्ब झुन्डिएको छैन् । मैले चुनाव लडिरहँदा इलामको कर्णाली भनिने यो २ नम्बर क्षेत्रमा अहिले साथीभाईहरू फोटो छाप्दैछन् हिलोमा गाडी भासिएको’, उनले भने ‘५६ साल देखि अहिलेसम्म १० वर्ष जनयुद्ध कटाइदिनुस् त्यो १० वर्ष गाउँघरका दिदि बहिनी दाजुभाईहरूले तपाईहरू नआउनुस हामी दुःख सहन्छौ भन्नुभयो र हामी १० वर्ष गाउँमा जान सकेनौ। अहिले उहाँहरू समेत हिलाम्मे बाटोमा गाडी डुबेको फोटो सेयर गरिरहनुभएको छ । ’

विकास निर्माणको सन्दर्भमा एमाले उदार भएको बताउँदै दमक चिसापानी, भेडेटार रवि राँकेलगातयका सडकहरू एमाले सरकारको पालामा बजेट विनियोजन भएको दाबी गरे । २ अर्ब २० करोड केपी शर्मा ओलीले विनियोजन गरेपछि दमक-चिसापानी बाटोको काम अघि बढेको बताए। २ वर्षमा सडक कालापत्रेको काम सम्पन्न उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्