Logo

जनार्दनलाई हुर्काउनुमा मेरो मुख्य भूमिका छ: प्रचण्ड



काठमाडौँ, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्मालाई आफैंले अघि बढाएको बताएका छन् ।

अखिल क्रान्तिकारीले आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनको रक्षा र विकास गर्न आफूले भूमिका खेलेको समेत बताए ।

यसअघि कार्यक्रममा शर्माले पार्टीलाई अफ्ठ्यारो परेको बेलामा सधैं नेतृत्वको पक्षमा उभिएको बताएका थिए ।

‘जनार्दनजीले जाँदा जाँदै नीति र नेतृत्व रक्षाको कुरा भन्नुभयो, म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,’ उनले भने, ‘उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ । म त जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु । मेरो लागि धेरै चीज भएकै छ । अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहन्छु ।’

उनले माओवादीको क्रान्तिकारी विरासत जोगाउने हजारौं, लाखौं उत्तराधिकारी तयार हुन् भनेर आफूले चाहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्