Logo

जनार्दन शर्माले भने: अर्थमन्त्रीकै हैसियतमा बोल्छु



काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्रीकै हैसियतमा संसदमा सम्बोधन गर्न उपस्थित भएको बताएका छन् ।

नेकपा एमालेले अथर्मन्त्रीको हैसियतमा सम्बोधन गर्न नपाउने अडान राखेपछि उनले पनि आफू पनि अर्थमन्त्रीकै हैसियतमा उपस्थित भएको बताए ।

“अर्थमन्त्रीकै हैसियतले बोल्न चाहन्छु,” उनले भने, “संसद दुईपटक विघटन भयो । हामीले यो बीचमा उतारचढाव भोग्यौँ । गम्भीर प्रकृतिका कामहरु भए । मैले संसद्मा आएर के कारणले बोल्न नपाउने? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि! मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ? के कारणले अनैतिक भएँ?”

प्रतिक्रिया दिनुहोस्