Logo

अर्थमन्त्री शर्माविरुद्ध प्रदर्शन, एक दर्जन भन्दा बढी पक्राउ



काठमाडौँ, १६ साउन । युथ कंग्रेसले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।

शर्माबारेको छानबिनमा सरकार र प्रतिपक्ष दल एमालेको मिलेमतो देखिएको उनीहरूको आरोप छ ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले एक दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्