Logo

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त



काठमाडौँ, १५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले ‘क्लिन चिट’ दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

079-4-15_मन्त्रीपरिषद् गठन (1)1659264078.jpg

प्रतिक्रिया दिनुहोस्