Logo

जन्मदिनमा व्यवसायी अधिकारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान



मेचीनगर, २८ साउन । युवा व्यवसायी रुपेश अधिकारीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

मेचीनगर नगरपालिका वडा नं.१२ कालीझोडामा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आइतबार शैक्षिक सामग्री वितरण गरेर उनले जन्मदिन मनाएका हुन् ।

मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगी निवासी अधिकारीले विद्यालयमै पुगेर विद्यार्थीलाई ५५ थान कपी वितरण गरेका थिए ।

पछिल्लो समय जन्मदिनलाई मान्छेहरुले फजुल खर्चको रुपमा मनाउदै आइरहेको हुँदा अनावश्यक फजुल खर्चलाई कटौती गरी सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने सन्देश दिन फरक तरिकाले जन्मदिन मनाएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्