Logo

जन्मोत्सवमा पत्रकार उपचार कोषलाई उप्रेतीले दिए २५ हजार



मेचीनगर, १७ असोज । मेचीनगर-६, काँकरभिट्टा निवासी समाजसेवी कृष्णप्रसाद उप्रेतीले जन्मोत्सवको अवसर पारेर पत्रकार उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उप्रेतीले आफ्नो ८४ औं जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचाार कोषलाई नगद सहयोग गरेका हुन् ।

काँकरभिट्टास्थित भानु साहित्यक प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उप्रेतीले महासंघ झापा अध्यक्ष एकराज गिरीलाई सो रकम हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य रवीन कोइराला रहेका थिए ।

उक्त अवसरमा महासंघ झापा शाखा अध्यक्ष गिरीले महासंघले स्थापना गरेको उपचार कोषमा सहयोगी मनहरु जोडिने क्रम बढीरहेको बताउँदै आफ्नो जन्मदिनमा पत्रकारको हित र उपचार कोष सम्झने पुनित कार्य गरेकोमा उप्रेतीप्रति विशेष आभार प्रकट गरेका थिए ।

अध्यक्ष उप्रेतीले मन्तव्यबाट स्वागत गरेको जन्मोत्सव कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष डिल्लीराम घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्