झापा, ४ मंसिर । बन्दी सहायता नेपाल अर्जुनधारा ११ द्वारा संचालित बालगृहमा गिता सुबेदिले ३२ औं जन्मोत्सव मनाउनु भएको छ ।
मेचीनगर नगरपालिका १४ निवासी गिताले आफ्नो बुबा बिष्णु सुवेदी आमा जयन्ती, दाजुभाउजु सुगम र गिता रिमाल सहित फजल खर्च गर्नु भन्दा शिक्षा एवम् आवासमा रहेको बालबालिकाहरुलाइ सहयोग एवम् उनिहरुको मुस्कान सहित जन्मोत्सव बनाउने इच्छा सहित बालगृह आएको बताउनुभयो ।
कारागारमा बन्दी जीवन बिताइ रहेका अभिभावकहरुसग आश्रीत बालबालिकाहरुलाइ आवास सहित शिक्षा स्वास्थ्य प्रदान गरि बसेका २५ जना बालबालिकाहरुलाइ खाद्यान्न एवम् जाडोका लागि ओछ्याउने सहित २५ थान ब्लाङ्गकेट र तन्ना प्रदान गर्नुभएको छ । सगै खिर सब्जी बितरण गर्नुभयो ।
बन्दी सहायता नेपाल पुर्वान्चल शाखाका अध्यक्ष जगत बहादुर मगरको अध्यक्षता संचालित कार्यक्रममा बुबा बिष्णु सुबेदी, रिता राना राइ लगायतले सराहनीय कार्य एवम् शुभ जन्मोत्सवको धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण होम इन्चार्ज योगेस तामाङले गर्नुभएको थियो ।