Logo

जन्मोत्सवमा विद्यार्थीलाई जुत्ता बितरण



झापा, ८ फागुन ।  महेश्वरी महिला मन्च मेचीको आयोजनामा विद्यार्थीहरुलाइ जुत्ता बितरण गरेको छ ।

मन्चकी अध्यक्ष रिता चित्तलाङ्गिया एवम् महेश चित्तलाङ्गियाको जन्मोत्सवको अवसरमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् बन्दी सहायता नेपाल अर्जुनधाराद्वारा संचालित बालगृह सहित सय जना विद्यार्थीलाई जुत्ता तथा मोजा बितरण गरिएको महेश चित्तलाङ्गियाले बताउनु भयो ।

फजल खर्च गरि जन्मोत्सव मनाउनु राम्रो होइन बरु असाय आर्थिक बिपन्नता भएको बालबालिकाको आवश्यकतालाई पूरा गर्न पाए त्यही खुसी लाग्ने भएकोले हामी दम्पति सदैव बिद्यालय, बृद्ध आश्रम, बालगृह आदिमा प्रत्येक बर्ष यसरीनै मनाउने गरेको बताउनुभयो ।

महेश्वरी महिला मन्च मेचीले करिब ५ बर्ष यता बिद्यालयलाई आवश्यक पर्ने हरेक भौतिक एवम् कपडा, जुत्ता, खाद्यान्न स्टेसनरी आदि सहयोग गर्दै आएकोमा प्रधानाध्यापक रन्जित परियारले बिद्यालय एवम् सस्थाका तर्फबाट धन्यवाद सहित जन्मोत्सव मनाइ रहनु हुने चित्तलाङ्गिया परिवारलाई समृद्धि, दीर्घ जीवन र सहयोगी हात सदैव फैलियोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसै कार्यक्रम बिच सामाजिक ब्याक्तित्व ज्योति केसीले बिद्यालयलाई मादल, खौजडी र फुटबल हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मन्चकी सचीव सुधा तोसनिवालले गर्नु भएको थियो ।

कार्यक्रममा सयौं विद्यार्थीहरु बिच केक काटी केक सहित खिर, सब्जी, जेरि, पुरी आदि खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस्