काठमाडौँ, २६ कात्तिक । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






