भक्तपुर, २ मंसिर । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एका जना पक्राउ परेका छन् ।
भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरी फरार भएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ डिल्लीबजारबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।