बर्दिया, २ पुस । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






