मोरङ, ४ पुस । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
सुन्दरहरैचा नगरपालिका-४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय प्रताप तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका-७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उक्त घटनामा संलग्न अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






