Logo

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ



दाङ, २८ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्