काठमाडौँ, २० वैशाख । प्रहरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-४ त्रिबोच घर भएका २३ वर्षीय टंकबहादुर बिक रहेका छन् ।
करणी गरेको सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई महालक्ष्मी नगरपालिका-४ इमाडोल शिलतहाइटबाट पक्राउ गरेको हो ।
पक्राउ परको उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।