मुस्ताङ,३१ जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई सोही गाउँपालिका-३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।