गुल्मी, १८ असार । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई असार १४ गते दिउँसो थापाले सोही गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।