Logo

जबरजस्ती करणी गरेको अभियोगमा पुन पक्राउ



दाङ, १० भदौ । ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिनबहादुर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिनबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्