काठमाडौँ, ५ चैत । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ छापाली बस्ने २१ वर्षीय मनिष बिडारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिडारीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ पुतलीघाट बस्ने उदयपुर कटारी नगरपालिका-१० सोरुङ घर भएका ३८ वर्षीय चुक्त्त बहादुर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरी राखेको बा.४ ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।