धादिङ, १७ असोज । धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ५२ वर्षीय अपूर्व ढुंगाना अङ्गरक्षकलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
२५ वर्षकी एक महिला प्रहरीले आफूमाथि प्रहरी निरीक्षक ढुंगानाले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि आइतवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
महिला प्रहरी बस्ने ब्यारेक (क्वार्टर) मै गएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले बताए ।






