बर्दिया, १३ चैत । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय ईब्रार भन्ने ईबरार अहमद मनिहारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासको २०७७ माघ २६ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-६ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दिया बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार पठाइएको छ ।