Logo

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २९ भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

टोखा नगरपालिका बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोखा नगरपालिका बानियाँटारबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्