
काठमाडौँ, २ बैशाख । सर्वोच्च अदालतले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारेका कागजात झिकाएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले शुक्रबार महाअभियोग दर्ता गर्ने क्रममा पेस भएका कागजात झिकाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
संवैधानिक इजलासमा कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसी रहेका छन् ।
गएको फागुन १ गते प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारूढ गठबन्धनका ९८ सांसदहरूले महाअभियोग दर्ता गरेका थिए ।







