काठमाडौँ, २१ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भनी संसदका महासचिव भरतराज गौतमले जबरालाई दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
संसद सचिवालयले जबरालाई निलम्बन फुकुवाको पत्र दिएको र आजै जबरा सर्वोच्च आउने तयारी भएसँगै जबरालाई सर्वोच्च आउन रोक्नका लागि बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।
सर्वोच्च बार एसोसिएसनका सदस्य अनन्तराज लुइँटेलका अनुसार रिटमा संसद सचिवालयले जबरालाई दिएको पत्र असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनुपर्ने माग गरिएको छ ।







