Logo

जबराले भने, ‘महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसक्याे’



काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । बुधवार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा जबरासँग बयान लिएको हो ।

उनले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको बताएका छन् ।

महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उनले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताउका हुन् । ‘यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना गरिनएन’ उनले भने, ‘यो प्रस्ताव निष्क्रिय भइसकेको छ ।’

उनले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित भएको बताए । उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्