काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन् । मूल प्रश्न छः यो टुंग्याउन हो कि तुहाउन ?
सत्तारुढ दलका सांसदहरूले २१ वटा आरोप लगाउँदै महाभियोग दर्ता गरेका थिए । यसमा राजनीतिक दलहरूबीच मतऐक्य छैन । स्वयं सत्तारूढ सांसदहरूबीच फरक–फरक विचार छ । एमाले कानुन विभागका प्रमुख वरिष्ठ अधिवक्ता रमेश बडालले प्रधानन्यायाधीश जबरामाथिको महाभियोगमा दुवै पक्षका कुरा सुनेर निर्णय लिइने बताए ।
महाभियोग प्रस्तावक र प्रधानन्यायाधीश जबरा दुवै पक्षको कुरा सुन्नुपर्छ । दोषी रहेको प्रमाणित भए कारबाही गर्ने पक्षमा जानुपर्छ । अभियोग ठीक रहेनछ भने स–सम्मान फिर्ता हुनुपर्छ,’ पूर्वमहान्याधिवक्ता बडालले अन्नपूर्णसँग भने, ‘महाभियोग पास वा फेल गर्नुपर्छ भन्ने होइन । बदमासी गरेको भए महाभियोगको पक्षमा उभिनुपर्छ ।’ आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।







