Logo

जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिने



काठमाडौँ, १५ भदौ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बयान लिँदै छ ।

भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निर्णय गरेको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।

समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिकासमेत संशोधनसहित पारित गरिएको छ ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्