Logo

जय ट्रफी एलिट कपमा मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ विकेट



काठमाण्डाै, २१ पुस ।  जय ट्रफी एलिट कप क्रिकेटमा बाग्मती प्रदेशसँगकाे खेलमा बाग्मती प्रदेश पहिलो पारीमा १ सय २ रनमा अलआउट भएको छ ।

जनकपुरमा टस जितेर ब्याटिङ गरेकाे मधेश ३५ ओभर ३ बलमा १ सय २ रनमै समेटियो । मधेशका मयन यादवले सबैभन्दा धेरै २१ रन बनाए । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । अहिले बाग्मतीले पहिलाे पारीकाे ब्याटिङ गरिरहेकाे छ ।

दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ । यस्तै पुलिस आरिफ शेख, मधेश हरि शंकर र बाग्मती सन्दीप लामिछानेको कप्तानीमा खेलिरहेको छ ।

प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोफी फाइनलमा पुग्नेछन् । फाइनल खेल पनि तीन दिवसीय फर्म्याटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्