Logo

जर्ज फ्लोइडको हत्या र विभेदकारी मूर्तिको विनाश



अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्युभए पछि पुनःजागृत भएको BlackLivesMatter आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्नेहरुका महासामन्तका शालिकहरुलाई निशाना बनाएका छन् ।

अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस (अमेरिकी आदिवासीमाथि अत्याचार गरेको), स्काउटका संस्थापक बाडेन पावेल (काला मानिसहरुप्रति असहिष्णु र कट्टरपन्थी विचार राख्ने), रबर्ट मिलिगन (जमैकामा ५२६ अफ्रिकी दासहरु राखेर श्रम शोषण गरेको), महात्मा गान्धी (दक्षिण अफ्रिकामा काला मानिसहरुको अत्याचारमा नबोलेको र कालाभन्दा भारतीयहरु माथिल्लो दर्जाका मानिस हुन् भनी लबी गरेको), विश्वकै चतुर मानिएका बेलायती प्रधानमन्त्री विस्टन चर्चिल पनि रंगभेदी विचारधाराका कारणले आक्रमणको निशानामा परेका छन् ।

बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटनको ब्रिस्टोलमा भएको मूर्तिलाई डोरीले तानेर लडाएर सडमा लछारपछार गर्दै, लात्तैलात्ताले हान्दै अन्त्यमा नदीमा फालियो किनभने कोल्सटनले विरामी दासदासीलाई आन्द्रमहासागरमा फाल्ने र स्वस्थलाई मात्रै अमेरिका पुर्याएर बेच्ने गरेका रहेछन् ।

‘द अफ्रिकन ट्रेडिङ कम्पनी’ खोलेर बेलायतीहरुले अफ्रिकाबाट एक करोड २० लाख दासदासी अमेरिका लगे, जसमा विरामी भएको, अनुशासन नमानेको लगायतका कारणले करिब २० लाखलाई आन्द्र महासारमा डुबाइदिए ।

बेलायतले सन् १८०७ मा दासदासी खरिदबिक्री बन्द गर्यो भने अमेरिकामा सन् १८६३ मा अब्राहम लिंकनले यो प्रथालाई समाप्त पारे । सन् १९७० को दशकमा अहिलेका अमेरिकी राष्ट्रपति हाउजिङ कम्पनि चलाउँथे, जसले कालो छाला भएका मानिसलाई आफ्नो कम्पनीका भवनमा भाडामा बस्न दिएनन् ।

सन् १९९० सम्म पनि दक्षिण अफ्रिकामा बेलायती सेताहरुको सर्वोच्चता कायमै थियो, जहाँ सेतो छाला भएको मान्छेले अपराध गरेछ भने पनि कालो छाला भएको प्रहरीले पक्राउ गर्न हुँदैनथ्यो । दुर्भाग्य, अहिले यिनैले हामीलाई अनुशासन, नीति र सभ्यता सिकाउँछन् ।
Moral: शासकहरु हो, अलोकप्रिय काम गरेर सेनाको सलामी खाएरै मरेछौ भने पनि तिम्रो मूर्तिले समेत अपमान सहने छ । याद रहोस् ।

(आचार्यको फेसबुकबाट यो सामग्री लिइएको हो ।)

प्रतिक्रिया दिनुहोस्