Logo

जर्मनीका राष्ट्रपति युक्रेनमा



युक्रेन, ९ कात्तिक । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर अकस्मात युक्रेनको राजधानी किएभ पुगेका छन् ।

पश्चिमा देशले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन पुगेका हुन् । रूसले गएको फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेपछि राष्ट्रपति स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो ।

यसअघि गएको अप्रिलमै युक्रेन भ्रमणको योजना बनाएको भए पनि युक्रेनले उनलाई स्वागत गर्न अस्वीकार गरेको थियो । तर, त्यसपछि दुई देशले केही असहमतिलाई मिलाएका छन् ।

युक्रेनी नागरिकमा एकताको सन्देश प्रवाह गर्न आफू किएभ आएको जर्मनीका राष्ट्रपति स्टेनमेयरले बताएका छन् । युक्रेनमा अहिले पनि रुसले क्षेप्यास्त्र र रकेट आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्