Logo

जर्मनीमा ‘कू’ को प्रयास गरेको आरोपमा २५ जना पक्राउ



जर्मनी, २१ मंसिर । सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले कारबाही गरेर २५ जनालाई पक्राउ गरेको छ ।

जर्मनीबाट प्राप्त विवरणहरूमा जनाइएअनुसार उग्र दक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरूको समूहले संसद भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको थियो ।

‘राजकुमार हाइनरिक तेह्रौँ’ भनिने ७१ वर्षका एक जर्मन पुरुषलाई उक्त षडयन्त्रको मुख्य योजनाकार भनिएको छ ।

षडयन्त्रमा उग्रपन्थी राइक्सबर्गर भनिने अभियानका सदस्य सामेल रहेको बताइएको छ । हिंसात्मक आक्रमण तथा जातियतावादी षडयन्त्रका हल्ला फिँजाउने विषयलाई लिएर उक्त समूह लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थियो ।

उक्त समूहले आधुनिक जर्मन राज्यलाई समेत अस्वीकार गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्