जर्मनी, ३ फागुन । तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले शुक्रबार हडतालको घोषणा गरेका छन् ।
यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् ।
हडतालका कारण दशौँ हजार यात्री प्रभावित हुने निश्चित छ भने आन्तरिक उडान पनि रद्द हुने वा विलम्ब हुनेछ । विमान व्यवस्थापनलाई दबाब दिन गरिएको उक्त घोषणाप्रति सम्बन्धित पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।
कर्मचारी युनियनका प्रतिनिधि, उड्डयन सुरक्षा कर्मचारी वार्तामा बसेका छन् । जारी वार्ताबाट परिणाम पनि प्राप्त भएको छैन । कर्मचारी युनियनका प्रतिनिधिले जीवन यापनको लागत बढेको तर आयमा कुनै वृद्धि नभएकाले तलब वृद्धिको माग गर्दै हडतालमा उत्रनु परेको बताएका छन् ।