Logo

‘जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी बहस चाँडो निष्कर्षमा पुर्‍याउनु पर्छ’



काठमाडौँ, २५ मंसिर । कोप-२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा उनले जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी काममा केही प्रगति भइरहे पनि पर्याप्त र छिटो हुन नसकेको बताएका हुन् ।

संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड दिन आवश्यक रहेको धारणा राखेका थिए ।

उनले जलवायु परिवर्तनका मुद्दालाई गहन रूपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताए । उनले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । ।

नोभेम्बर ३० मा शुरु भएको कोप २८ डिसेम्बर १२ सम्म चल्नेछ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनले सबै देशले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकट समाधानका लागि काम गर्न विश्वभरबाट १ लाख १० हजार भन्दा बढी सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्