काठमाडौँ, १० असार । मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा यो परिमाणको क्षति भएको प्रवर्द्धक कम्पनीहरुले बताएका छन् ।
यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत आयोजनाहरुमा क्षति पुयाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० ले जनाएको छ । बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्व रुपैयाँबराबरको क्षति भएको छ ।
विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी(१ मा मात्रै ५० करोडबराबरको क्षति भएको छ । उत्पादनको चरणमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोलामा १ अर्व रुपैयाँको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए ।
भौतिक हिसावले सबैभन्दा धेरै ४.७ मेगावाटको अपर पिलुवा९२ जलविद्युत आयोजनामा ९० करोडको क्षति भएको मेन्छ्याम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए । उनका अनुसार यो आयोजनाको हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउसलगायतका भौतिक संरचनामा पूर्ण रुपमा क्षति भएको छ ।
आयोजना पुनर्निर्माणका लागि दुई वर्षभन्दा बढी लाग्ने देखिएको छ । त्यस्तै, १४।९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुंगानाले जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार छ ।





