Logo

जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरुबीच झडप



नयाँ दिल्ली, २८ चैत ।  भारतको राजधानी नयाँ दिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा विद्यार्थीबीच झडप भएको छ । झडपमा केही घाइते भएका छन् ।

आइतबार रामनवमीका दिन मांसहारी खाना बनाएको भन्दै विवाद हुँदा झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिन्दुले रामनवमीमा मांसहारी भोजन गर्दैनन् । तर, यस्तो खाना बनेपछि आइतबार जेएनयू होस्टेलको मेसमा मासु पकाउने राष्ट्रिय स्वयम्सेवक सङ्घसँग आबद्ध अखिल भारतीय विद्यार्थी परिषद् र बामपन्थी विद्यार्थी सङ्गठनबीच विवाद भएको थियो ।

दुवै पक्षले नै एक–अर्काले आफ्ना साथीहरूलाई आक्रमण गरेको आरोप लगाएका छन् । भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयमा बामपन्थी र दक्षिण पन्थी विद्यार्थीबीच बेला–बेलामा झडप हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्