काठमाडौँ, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा ९एमाले०मा प्रवेश गरेका छन् ।
बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका नेता-कार्यकतालाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि राईले सिद्धान्तहीन गठबन्धनले राजनीति दिशाहीन बनेको बताए । राई पहिले एमालेमा नै थिए ।







