Logo

जसपाका प्रदीप यादव स्वास्थ्यमन्त्री नियुक्त



काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिनुभएको छ । आज (सोमबार) यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

स्वाथ्यमन्त्रीमा नियुक्त गरेलगत्तै शीतल निवासमा आयोजित समारोहमा उहाले पद तथा गोपनीयताको शपथ लिनुभएक हो ।राष्ट्रपति रामचन्द्र पौडेलले उहालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्