Logo

जसपाको विधान अधिवेशन चैतमा



काठमाडौँ, ८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकले चैतको २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायत विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बसेको हो ।

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्