Logo

जसपाले खोल्यो खाता : पर्सा-१ बाट यादव विजयी



पर्सा, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।

जसपाका उम्मेदवार प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।

उनले २२ हजार ५ सय ३५ मत ल्याए । यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीलाई पराजित गर्दै यादव विजयी भएका हुन्। द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरे । कांग्रेससहित सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णलाई समर्थन गरेपछि द्विवेदी बागी उठेका थिए ।

प्रतिक्रिया दिनुहोस्