Logo

जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने



काठमाडौँ, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मङ्गलबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न हृवीप समेत जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्