Logo

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक



काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

असार ७ गते बिहीबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्