Logo

जसपाले राष्ट्रियसभामा चौधरीलाई उठायो



काठमाडौँ, २२ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

राष्ट्रियसभामा आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्