काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशनको तयारीका लागि आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । पार्टीको असार ९ गते हुने केन्द्रीय समिति र १० गतेदेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेस गरिनेछ ।
आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउनेसमेत बुझिएको छ ।







