Logo

जसपा फुटाएर सत्ता ढाल्ने कसरत असफल



काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलहु सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ुदबदबाु कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे । बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीतिबमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलनको अभियान नै थाल्यो ।

यो प्रदेशका जसपा अध्यक्ष अशोक यादवका अनुसार भट्टराई समूहको यो अभियान गोप्य रूपमा गरिएको थियो । उपेन्द्र समूहका अशोक भन्छन्, ‘एक डेढ महिनाअघि भट्टराई समूहले हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरूलाई गोप्य रूपमा हस्ताक्षर सङ्कलनको अभियान सुरु गर्न थालेका थिए तर उनीहरू सफल भएनन् । आजकोनागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्