Logo

जसपा बाहिरिँदा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको सिट बढ्यो



काठमाडौँ, २२ असोज । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरएपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को सिट थपिएको छ । जसपाले १६ सिटमा चित्त नबुझाए पछि एमालेसँग २२ सिटमा तालमेल गरेको छ । तर, सत्ता गठबन्धनमा अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएको छ । लोसपालाई बढीमा ८ सिट दिने तयारी गठबन्धनले गरेका छन् । यसले कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको सिट बाँडफाँटको हिसाब फेरिएको छ ।

सत्ता गठबन्धनमा यसअघि कांग्रेसले ८६, माओवादीले ४४, एकीकृत समाजवादीले १७, राष्ट्रिय जनमोर्चाले २ सिट पाउने करिब सहमति भएको थियो । शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २0 र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेसले ९0भन्दा बढी सिटमा उम्मेदवारी दिने अवस्था आएको छ । माओवादीले ४६ र एकीकृत समाजवादीले लगभग २० सिटसम्म पाउने भएको छ ।

जसपालाई दिएको सिट लोसपालाई दिन नपर्ने भएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको भागमा केही सिट थपिने भएको हो । शुक्रबार बिहान ९ बजेबाट बसेको गठबन्धनको बैठकले करिब १० घण्टा लगाएर सिट बाँडफाँट टुङ्ग्याएको हो ।

प्रतिक्रिया दिनुहोस्