Logo

जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा: यादव



काठमाडौँ, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् ।

उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकिर समेत गरे । रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।

उनले कम्फर्टेबल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरेका छन् ।

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए । राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरूले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्