Logo

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै



काठमाडौँ, ७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बैठक मंगलबार मध्याह्न साढे १२ पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको जसपाले जनाएको छ । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्