काठमाडौँ, १३ पुस । जनता समाजवाद पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन भएका छन् ।
आज बुधवार यादवलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरिएको पार्टीले जनाएको छ ।
यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएको थियो । तर अन्तिम समयमा सहमतिमै दलको नेता चयन गरिएको हो । दलको नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवको दाबी रहेको थियो ।







