Logo

जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो



मुस्ताङ, १६ जेष्ठ । तारा एअरको जहाज दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीसहितको उद्धार टोली पुगेको छ ।

स्थानीय यार्सागुम्बा सङ्कलक किसानले मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वोरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको जानकारी दिएका थिए । उनीहरुले दुर्घटनाग्रस्त जहाजको तस्बिरसहितको जानकारी पठाएपछि उद्धार टोली त्यहाँ पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

सेना र प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगिसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिएका छन् ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्