काठमाडौं, ९ साउन । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा प्राविधिक मनुराज शर्मा उहाँकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो।
मनुराज प्राविधिक हुन् । उनी लामो समयदेखि त्यहाँ कार्यरत थिए । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ । प्राविधिक मनुराज लामो समयका लागि पोखरा जान लागेपछि उनकी पत्नी समेत बच्चासहित सँगै जान लागेकी थिइन् ।
पोखराका लागि उडेको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।






